‘केही साथी बीचमै थाके र पछि हटे, हामी क्रान्तिकारी भएर अघि बढिरहन्छौँ’

 भदौ १०, २०७८ बिहीबार १५:०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली कम्युनिस्ट आन्दोलन र सिद्धान्तबाट धेरै पर पुगिसकेको आरोप लगाउनुभएको छ ।

काठमाण्डौमा आज बिहीवार भएको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली अहिले भ्रष्ट र बिचौलियाको सङ्गतमा लागेर कम्युनिस्ट सिद्धान्तबाट विचलित भइसकेको बताउनुभयो ।

‘पार्टीको अध्यक्ष भएपछि सबैको कुरा सुन्नपर्थ्याे, कम्युनिस्ट आदर्शलाई फलो गर्नुपर्थ्याे तर ओलीले आफ्नो प्रशंसा गर्दै नाच्नेलाई मात्रै आफ्नो ठाने, हामीजस्ता क्रान्तिकारीलाई घोचपेच र पीडित बनाउने मात्रै काम गरे’, नेपालले भन्नुभयो । 

नेता नेपालले पहिले आफ्नो पक्षमा रहेका नेताहरू अहिले ओली पक्षमा गएकोमा दु;ख नलागेको बताउनुभयो । ‘कोही बीचैमा थाक्दा रहेछन्, आँट घट्दो रहेछ । थाक्ने थाकिरहन्छन्, अगाडि बढ्नेहरू र क्रान्तिकारी दिशामा पार्टीलाई लैजान चाहनेहरू अघि बढिरहन्छन् । अब छुटेका र छुट्न चाहेका साथीको कुरा नगरौँ, हामी क्रान्तिकारी ढङ्गले अघि बढ्ने बाटोमा लागिसक्यौँ’, अध्यक्ष नेपालले भन्नुभयो । 

अहिले आफ्नो साथ छाडेकाहरूले केही समयअघि नै निर्वाचन आयोगमा छुट्टै दल दर्ता गरेको दाबी गर्दै अध्यक्ष नेपालले कुनै दिन ओली समूहमा लागेकोमा पछुतो लागेमा फेरि फर्कने पनि बताउनुभयो ।   

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया