नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै – निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकारिणी समितिको पहिलो बैठक बसेको छ । आज बिहीवार पार्टी कार्यालय बबरमहलमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले प्रदेश र पालिकाका जनप्रतिनिधिलाई निर्वाचन कार्यालयमा स्वघोषणा गराउने विषयमा छलफल भएको छ ।
बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का कार्यकारिणी समिति सदस्य केशव झाले बदलिँदो परिस्थितिसँगै नागरिकमा कसरी जाने भन्ने विषयमा पनि छलफल भएको बताउनुभयो ।
उहाँले बैठकमा आन्तरिक रूपमा साङ्गठनिक संरचना कसरी बनाउने र कुन प्रक्रियामा बनाउने भन्ने विषयमा छलफल भएको जानकारी दिनुभयो । सदस्य झाले समसामयिक राजनीतिक परिवेश लगायतका विषयमा बैठकमा छलफल भएको बताउनुभयो ।
सदस्य झाले आफूहरू दलविहीन भएको अवस्थामा पार्टी विभाजनसम्बन्धी विधेयक ल्याएर सरकारले ठूलो सहयोग गरेको बताउनुभयो । उहाँले सरकारसँगको सहकार्यको विषयमा आज छलफल भए पनि कुनै निर्णय नहुने बताउनुभयो । सरकारको औपचारिक धारणा आएपछि निर्णय लिने पनि सदस्य झाले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।