प्रहरी कार्यालय स्याङ्जाका डीएसपी अधिकारी वर्षको ‘उत्कृष्ट प्रहरी’ पुरस्कारबाट सम्मानित

 भदौ १०, २०७८ बिहीबार २०:३५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

स्याङ्जा – जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेन्द्र अधिकारी २०७७ सालको ‘उत्कृष्ट प्रहरी’ पुरस्कारबाट सम्मानित हुनुभएको छ । 

प्रहरी कर्मचारीको मनोबल उच्च राख्न प्रहरी प्रधान कार्यालयको नीतिअनुसार जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ‘उत्कृष्ट प्रहरी’ पुरस्कारलाई निरन्तरता दिँदै आएको छ । प्रहरी कर्मचारीलाई डिउटीमा खटिएको कामको आधारमा प्रहरी जवानदेखि प्रहरी अधिकृतसम्मलाई पुरस्कृत गरिँदै आएको छ । 

डीएसपी अधिकारीले मातहतका प्रहरी कर्मचारीलाई उचित ढङ्गले परिचालन गरी प्रहरी कार्य, प्रशासनिक व्यवस्थापन, अपराध अनुसन्धान तथा नियन्त्रण लगायत फरार रहेका विभिन्न प्रतिवादी पक्राउ गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एवम् प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताउनुभयो । 

१५ महिना अगाडि स्याङ्जा आउनुभएका अधिकारी जिल्ला प्रहरी कार्यालयमा जेठ २२ गते हाजिर हुनुभएको थियो ।  

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया