नयाँ टाटा सफारी अब नेपालमा

 भदौ ११, २०७८ शुक्रबार १३:४१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - टाटा मोटर्सका लागि नेपालकाे आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले प्रिमियम एसयूभी नयाँ टाटा सफारी सार्वजनिक गरेको छ । नयाँ टाटा सफारीको सुरुवाती मूल्य ८१ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

७ सिट क्षमताको याे गाडीमा आरामदायी, उत्कृष्ट कार्यक्षमता र शानको बेजोड सम्मिश्रण भएकाे तथा आकर्षक एसयूभी रुचाउने ग्राहकहरुलाई नयाँ सफारीले आकर्षित गर्ने कम्पनीकाे दाबी छ। 

नयाँ सफारीको डिजाइन ग्राहकहरुको इच्छा र आकाङ्क्षा अनुरुप आकर्षक, बलियो र “स्पोर्टी” रहेको छ । सिप्रदीको नेपालभर रहेका टाटा मोटर्सका शो–रुमहरु मार्फत नयाँ सफारी अवलोकन तथा टेस्ट ड्राइभको लागि उपलब्ध रहेको छ।

टाटा मोटर्सकाे प्यासेन्जर भेहिकल इन्टरनेशनल विजनेसका प्रमुख मायाङ्क बाल्डीले याे एसयूभी उत्कृष्ट डिजाइन, सुरक्षित र आरामदायी भएकाे बताउनु भएकाे छ । नयाँ टाटा सफारीले अत्यन्त द्रुत गतिमा अगाडि बढिरहेको एसयूभी बजारमा टाटा ब्रान्डको छविलाई अझै नयाँ उचाइमा पुर्याउने कम्पनीकाे विश्वास छ।

सिप्रदी ट्रेडिङ्गका प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरीले  नेपाली ग्राहकहरुको बदलिँदो आकाङ्क्षा एवं जीवनशैलीसँग मेल खाने यस गाडीले नेपालमा एसयूभी प्रयोगलाई बढाउने आशा लिएकाे बताउनु भयाे । 

२.० लिटरको टर्बोचार्ज क्र्याेयाेटक इन्जिन भएको यस गाडीमा सहरको बाटो, एक्सप्रेस वे वा विकट क्षेत्रका कच्ची सडकहरुमा नयाँ र रोमाञ्चकारी अनुभवका साथ यात्रा गर्न सकिने उहाँले बताउनु भयाे ।

२७४१ मिलिमिटर चौडा ह्विल बेस भएकाे यस गाडीमा म्याजिस्टिक प्यानोरोमिक सन् रुफ, यासवुड फिनिस्ड् ड्यासबोर्डसहित ओइस्तर सेतो रङ्ग भएको भित्री भाग र अत्याधुनिक ८.८ इन्चको फ्लोटिङ आइज्ल्यान्ड इन्फोटेन्मेन्ट सिस्टम लगायतका सुविधा रहेका छन् ।

सफारीको नयाँ अवतारमा टाटा मोटर्सले ओएमइजीएआरसी अन्तर्गत इम्प्याक्ट २.० डिजाइनमा आधारित रहेर ल्याण्ड रोभरको प्रख्यात डी ८ प्ल्याटफर्ममा निर्माण गरिएको हो । 

यसमा उन्नत इएसपी र बोस मोड जस्ता विशेषताहरु पनि यस ६/७ सिट क्षमताको गाडीमा पाइन्छ । यो कारणले नयाँ सफारी द्रुत गतिमा विकास भइरहेको नेपाली अटोमोबाइल बजारको लागि अत्यन्त उपयोगी रहेकाे टाटा माेटर्सकाे दाबी छ ।

निलो, सेतो र खरानी रङमा पाइने यस एसयूभीको एक्सइदेखि एक्सजेटए+ सम्म ९ वटा मोडेलहरु रहेका छन् ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया