रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाण्डाै – केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा गरेको नियुक्तिविरुद्ध सर्वाेच्च अदातलमा परेको रिटको सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सहभागी नहुनु हुने भएको छ ।
रिट निवेदक ओमप्रकाश अर्याल, दिनेश त्रिपाठीले प्रधानन्यायाधीश नै सहभागी रहेको संवैधानिक परिषद्ले संवैधानिक निकायमा नियुक्त गरेको र सुनुवाइमा स्वार्थ बाझिन सक्ने भन्दै आपत्ति जनाएपछि राणा पहिलो र अन्तिम सुनुवाइमा सहभागी नहुनु हुने भएको हो । प्रधानन्यायाधीश राणा अनुपस्थित हुने भएपछि उहाँको ठाउँमा वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा गठन हुने इजलासले मुद्दाको सुनुवाइ गर्नेछ ।
गएको वर्षको मङ्सिर ३० गते केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर विभिन्न सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताबाहेक नै संवैधानिक निकायमा नियुक्ति गरेको थियो । तर संविधानसँग बाझिने गरी सरकारले अध्यादेश ल्याएर नियुक्ति गरेको भन्दै अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले नियुक्ति खारेजीको माग गरेर सर्वोच्चमा रिट दर्ता गराउनुभएको थियो ।
यो रिट संवैधानिक इजलासमा सुनुवाइ गर्ने सर्वोच्च अदालतले निर्णय गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।