बाढी–पहिराेमा परेर जेठ ३१ यता ८५ जनाको ज्यान गयाे, ४४ बेपत्ता

 भदौ ११, २०७८ शुक्रबार २०:३९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – मनसुन सुरु भएयता (गएकाे जेठ ३१ पछि) देशभर मनसुनजन्य घटनामा ८५ जनाको ज्यान गएकाे छ । ती घटनामा परेर अन्य ४४ जना हराइरहेका गृह मन्त्रालयले जनाएको छ ।अहिलेसम्म पाँच हजार पाँच सय जनाभन्दा बढीलाई उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको गृह मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख होमकला पाण्डेले जानकारी दिनुभयो ।

गृह मन्त्रालयमा गृह मन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आज शुक्रवार बसेको विपद् व्यवस्थापनसम्बन्धीे बैठकमा विवरण सार्वजनिक गर्दै उहाँले अहिलेसम्म विपद्बाट ७० जिल्ला प्रभावित भएको जानकारी दिनुभयो ।  

आजमात्रै बाढीबाट चार सय जना प्रभावित भएका र उनीहरूलाई सुरक्षित ठाउँमा सारिएको छ । आज तीन जनाको ज्यान गएकाे छ र तीन जना बेपत्ता भएका छन् । त्यस्तै १९ घरमा क्षति भएको जनाइएको छ । बाढी पहिराले क्षति पुर्‍याएकाे ३८ जिल्लामा पुनर्निर्माण गर्न एक अर्ब ११ करोड रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ । 

महाशाखा प्रमुख पाण्डेले बाढी पहिराेका कारण आज साना–ठूला गरेर २९ सडक बन्द भएको जानकारी दिनुभयो । केही खुलेका र केही खुल्न बाँकी रहेका छन् । प्राप्त विवरणअनुसार यसपालिको वर्षाका कारण कैलाली, नवलपरासी, कञ्चनपुर, कैलाली, दाङ, रौतहट, रुपन्देही, महोत्तरी, कपिलवस्तु, चितवन, खोटाङ, सिन्धुली, बाजुरालगायत जिल्ला प्रभावित भएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्री खाणले पछिल्लो समय देशभर आएको बाढी पहिराेका कारण बेपत्ता भएकाको खोजी, प्रभावितको उद्धार तथा राहत वितरण प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । बाढीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ खण्ड, तुरिया र घोडाहा खोलामा रहेको दुई पुल भत्किएको तथा सडक बन्द भएको र त्यस ठाउँमा तत्काल बेलिब्रिज बनाउन निर्देशन दिनुभएको छ ।  

अन्तिम अपडेट: माघ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया