नारायणघाट-मुग्लिन सडक खण्ड एकतर्फी रुपमा खुल्याे

 भदौ १२, २०७८ शनिबार ७:५८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नारायणघाट-मुग्लिन सडक खण्डमा अहिले एकतर्फी रुपमा मात्रै गाडी चलिरहेका छन् । यो सडक खण्डमा पर्ने १७ किलोमा गएराति सडक भासिएकाले एकतर्फी मात्रै गाडी चलिरहेकाे प्रहरीले जनाएको छ । 

सडक भासिएको ठाउँभन्दा माथिबाट  सानो  सडकमार्फत अहिले गाडी गुडिरहेका छन् । एकतर्फी मात्रै गाडी चलेकाले १७ किलो आसपासको क्षेत्रमा सामान्य जाम छ ।

बर्खाको समयमा यो सडक खण्डमा बेलाबेला सडक भासिने र पहिरो जाने समस्याका कारण यात्रु समस्यामा पर्ने गरेका छन् । अहिले सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा पहिरो र बर्दघाटमा नदीले कटान गरेका कारण त्यहाँ हिजोदेखि नै गाडी चलेका छैनन् ।

यस्तै कर्णाली राजमार्ग अन्तर्गत  चामुण्डा बिन्द्रासैनी नगरपालिका-७ चिसापानीमा पहिरो खस्दा यी आसपासका क्षेत्रमा पनि गाडी नचलेका प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया