नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
रसुवा – रसुवामा निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजनामा सेप्टेम्बरदेखि इलेक्ट्रोमेकानिकल तर्फ मेसिन जडानको काम सुरु हुने भएको छ । सेप्टेम्बरको पहिलो हप्तामा चिनियाँ टोली आउने निश्चित भएसँगै काम अघि बढ्ने निश्चित भएको हो ।
सुरुमा टोली नेतासहित ४ जना आउने आयोजना प्रमुख सुदनसिंह महतले बताउनुभयो । अहिले चीनबाट सिधै नेपाल आउन नमिल्ने भएकाले वैकल्पिक मार्ग भएर टोली नेपाल आउने छन् । पहिलो चरणमा आउने टोली कतारको दोहा हुँदै आउने उहाँको भनाइ छ । ‘पहिलो चरणमा आएका टोलीको यहाँको अवस्था हेरेर आवश्यक जनशक्ति ल्याउने छन्,’ उहाँले भन्नुभयो, ‘यस बारे हामीले छलफल गरिरहेका छौं ।’
आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकल तर्फको काम अन्तिम चरणमा पुगिसकेको छ । आयोजनाका अनुसार हालसम्म ९९ प्रतिशत भौतिक प्रगति भएको छ । तालिका अनुसार काम हुन सकेको भए दशै अगाडि नै उत्पादन सुरु हुने थियो । उपकरण जडानको काम सुरु भएमा करिब ९ महिनामा विद्युत् उत्पादन सुरु गर्ने आयोजनाको तयारी छ । १४.८ मेगावट क्षमताको आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फ ७० र हाइड्रोमेकानिकलतर्फ ९० प्रतिशत काम सम्पन्न भएको छ ।
जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–५, चिलिमेमा निर्माण भइरहेको आयोजनाको २०६८ असोज २३ गते आयोजनाको पीपीए भएको थियो । आयोजनाको २०७२ साउन १५ गते निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । निर्धारित समयमा निर्माण सम्पन्न गर्न नसक्दा तीन पटकसम्म म्याद थप गरिएको छ ।
आयोजनाकोे भूमिगत सुरुङ एक हजार तीन सय मिटर रहेको छ । सिभिल ठेकेदार ईसीआई बज्रगुरुले आयोजना निर्माण गरिरहेकोे छ । सिभिल कार्यमा ईसीआई बज्रगुरु जेभी, इलेक्ट्रोमेकानिकलमा चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेशनल कर्पोरेशन, हाइड्रोमेकानिकलमा नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड र प्रसारण लाइन निर्माणमा मुडभरी एण्ड जोशी कन्स्ट्रक्शन प्रालिले काम गरिरहेको आयोजनाले जनाएको छ ।
आयोजनाले पावर हाउसदेखि चिलिमे हबसम्म ७ किलोमिटर प्रशारण लाइन निर्माण गर्नुपर्छ । मुडभरी एण्ड जोशी कन्स्ट्रक्शन प्रालिले एक सय ३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिरहेको आयोजनाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।