आज पनि कोरोना संक्रमित भन्दा निको हुने बढी

 भदौ १२, २०७८ शनिबार १७:२०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लगातार दोस्रो दिन आज पनि कारोना संक्रमण पुष्टि हुने भन्दा निको हुनेको संख्या धेरै भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप दुई हजार दुई सय २२ जना निको भएका छन् । अहिलेसम्म नेपालमा सात लाख १० हजार चार सय ५२ जना संक्रमण मुक्त भएका छन् ।  यस्तै २४ घण्टामा एक हजार आठ सय ५७ जना नयाँ संक्रमित थपिएका छन् ।

पीसीआर र एण्टिजेन गरी १३ हजार एक सय ७६ जनाको परिक्षण गर्दा एक हजार आठ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा परीक्षण गरिएकामध्ये १४ प्रतिशतमा संक्रमण देखिएको छ । आज थपिएकासहित नेपालमा संक्रमण पुष्टि हुनेको संख्या आठ लाख ४० हजार ८ सय ५ जना पुगेको छ । हिजो पनि संक्रमित हुने भन्दा निको हुनेको संख्या बढी थियो ।

यस्तै थप २७ जनाको ज्यान गएसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार ६ सय ९० जना पुगेको छ । अहिले नेपालमा ३६ हजार ८ सय ६६ जना सक्रिय संक्रमित रहेकोमा ६ सय १५ जनाको आईसीयू र एक सय ७४ जनाको भेण्टिलेटरमा उपचार भइरहेका छ । 
 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया