विराट कोहलीले पूरा गरे ६ हजार रन

 भदौ १५, २०७५ शुक्रबार २२:४:२८ | एजेन्सी
unn.prixa.net

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले टेस्ट क्रिकेटमा ६ हजार रन पूरा गरेका छन् । 

इंग्ल्याण्डविरुद्ध चौथो टेस्टमा आज ब्याटिङ गरेका कोहलीले ६ हजार रन पूरा गरेका हुन् । जारी श्रृंखलामा उत्कृष्ट फर्ममा रहेका कोहली यो टेस्ट सुरु हुनुपूर्व ६ रनले पछि थिए । चौथो टेस्टको पहिलो पारीमा ४६ रन बनाउँदै उनी आउट भइसकेका छन् । 

सन् २०१० मा जिम्बाब्वेविरुद्ध डेब्यू गरेका कोहलीले ११९औं पारिमा ६ हजार रन पूरा गरेका हुन् । भारतका सुनिल गावस्करले ११७ पारीमै ६ हजार रन पूरा गरेका थिए ।

यसैगरी सचिन  तेन्दुलकरले १२० तथा वीरन्द्र सेवागले १२१ औं पारिमा यो आंकडा पार गरेका थिए ।

टेस्टमा सबैभन्दा कम पारिमा ६ हजार रन बनाउने कीर्तिमान भने अष्ट्रेलियन महान ब्याट्सम्यान डन ब्राडम्यानको छ । उनले जम्मा ६८ पारीमा यो उपलब्धि हासिल गरेका थिए । उनी पछि अहिलेसम्म कसैले पनि १०० पारिभित्र ६ हजार रन बनाएका छैनन् ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया