आजदेखि लगातार झरी पर्ने क्रम केही घट्ने

 भदौ १४, २०७८ सोमबार ७:३२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आजदेखि लगातार झरी पर्ने क्रम केही घट्ने मौसमविद्ले बताएका छन् ।

मौसमविद् राजु प्रधानाङ्गका अनुसार हिजो अस्तिजस्तो लगातार झरी पर्ने सम्भावना आज कम छ । तर वाग्मती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना छ ।

गएराति पनि वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ । भोलिदेखि भने मौसम खुल्ने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताउनुभयो । मनसुनको अवधि अझै एक महिना बाँकी भएकाले डुबान र पहिरोको जोखिम भने कायमै छ ।

लगातारको वर्षाले नारायणी नदीको देवघाटमा बाढीले खतराको सतह पार गरेको छ । कोशी, वाग्मती, पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली लगायतका नदीमा बाढी आए पनि खतराको तह भने पार गरेको छैन । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया