एन्फा महिला लिगमा आर्मी र पुलिसबीच बराबरी
पुस २१, २०८१ आइतबार
काठमाण्डाै – वाईसीएल नेपालका नेता/कार्यकर्ताहरूले आउँदाे चुनावमा आफ्नो पार्टी नेकपा माओवादी केन्द्रलाई सबैभन्दा ठूलो दल बनाउने प्रतिबद्धता जनाएका छन् ।
काठमाण्डाैमा चलिरहेकाे राष्ट्रिय भेलामा सहभागी भएका उनीहरूले युवाहरूलाई परिचालन गरेर आउँदाे चुनावमा माओवादी केन्द्रलाई पहिलो राजनीतिक शक्तिको रूपमा स्थापित गराउने प्रतिक्रिया दिएका हुन् । त्यही काममा नेतृत्व दिन सक्ने व्यक्तिलाई सङ्गठनको नेतृत्वमा ल्याउनुपर्ने वाईसीएलका नेता/कार्यकर्ताहरूले पार्टी नेतृत्वसँग माग गरेका छन् ।
आउँदाे चुनावमा माओवादी केन्द्रलाई पहिलो शक्तिको रूपमा स्थापित गराउने गरी युवाहरूलाई परिचालन गरेर अघि बढ्ने योजनासहित आफूहरू परिचालित हुने वाईसीएल नेपाल भक्तपुरका संयोजक नरेश वाइवाले बताउनुभयो । उहाँले त्यसका लागि देशभरका युवालाई परिचालन गरेर नागरिकमाझ जान सक्ने नेतृत्वको आवश्यक्ता रहेकाे जनाउनुभयाे ।
सिन्धुपाल्चोकका वाईसीएल संयोजक रूपेन्द्र आचार्यले आउँदाे चुनावमा देशको पहिलो राजनीतिक पार्टी माओवादी केन्द्रलाई बनाउने गरी आफ्नो सङ्गठनलाई सशक्त बनाएर अघि बढ्ने बताउनुभयो । उहाँले त्यसका लागि वाईसीएल नेपालले देशभर राजनीतिक पहुँच वृद्धि गरेर अघि बढ्नुपर्ने भएकाले त्यहीअनुसारको नेतृत्व बनाउनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै मकवानपुरकी जिल्ला संयोजक अनु लामाले युवाहरूलाई सक्षम र दक्ष बनाएर माओवादी केन्द्रलाई देशकाे पहिलो पार्टी बनाउन वाईसीएल नेपालले ध्यान केन्द्रित गर्नुपर्ने आवश्यक्ता औँल्याउनुभयो ।
वाईसीएल नेपालको चलिरहेकाे राष्ट्रिय भेलाले दुई सय ३१ सदस्यीय केन्द्रीय कार्य समिति र अध्यक्षसहित ३५ जना पदाधिकारी चयन गर्नेछ । मूल नेतृत्व सहमतिमै चयन गर्न पार्टी नेतृत्वले प्रयास गरिरहेको पनि वाईसीएल नेपालले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।