काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
स्पेनिस खेलाडी राफायल नाडाल यूएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
न्युयोर्कमा भएको खेलमा ३२ वर्षीय नाडालले रसियन खेलाडी कारेन काचानोभ विरुद्ध जित निकाल्न चार सेटसम्म जानुपर्यो । जसमा विश्व नम्वर एक नाडालले एक सेटले पछि परेको अवस्थामा खेल उल्ट्याएका थिए । नाडालले पहिलो सेट ५–७ ले गुमाएका थिए ।
तर त्यसपछि लगातार तीन सेट जित्दै तेस्रो चरणमा स्थान बनाए । जसमा उनले दुई सेट टाइब्रेकरमा जितेका थिए । नाडालले दोस्रो सेट ७–५ ले जित्दा तेस्रो सेट ७–६ र चौथो सेट ७–६ ले नै जिते । अब तेस्रो चरणमा नाडालले जर्जियाका निकोलोजसँग खेल्नेछ ।
यता महिलातर्फ डिफेन्डिङ च्याम्पियन सलोनी स्टेफेन्सले दुई पटककी ग्राण्डस्लाम विजेता तथा पूर्व नम्वर एक खेलाडी भिक्टोरीया अजरेन्कालाई हराउदै चौथो चरणमा पुगिन् । अमेरीकी खेलाडी स्टेफेन्स अजरेन्कालाई ६–३ र ६–४ को सेटमा पराजित गरिन् । २५ वर्षीय स्टेफेन्सले चौथो चरणमा बेल्जियन खेलाडी इलीसी मार्टिन्ससँग खेल्नेछिन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।