झलनाथ खनाल स्वदेश फिर्ता, कार्यकारी पद नमाग्ने

 भदौ १४, २०७८ सोमबार १८:३७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनाल स्वदेश फर्कनुभएको छ । भारतको नयाँ दिल्लीमा रहेको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्नुभएका खनाल स्वास्थ्यमा सुधार आएसँगै आज साेमवार स्वदेश फर्कनुभएको हो ।

नेता खनाललाई स्वागत गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभयो । 

त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता खनालले एमाले फुटेको नभइ आफूहरूले विद्रोह गरेको बताउनुभयो । अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई दक्षिणपन्थी अवसरवाद, अहङ्कारवाद, व्यक्तिवादमा लगेकाले विद्रोह गर्नुपरेको उहाँको भनाइ छ । 

यस्तै उहाँले आफू ७० वर्ष नाघिसकेकाले पार्टीमा कार्यकारी भूमिका माग्ने नैतिक अधिकार नभएको भन्दै पार्टीले दिने जिम्मेवारी पूरा गर्ने बताउनुभयो । 

‘यो मेरो बोनसको जीवन हो । बाँकी जीवन देशका लागि र एउटा मार्क्सवादी, लेनिनवादी निर्माणमा लगाउनेछु । कार्यकारी पदको इच्छा राखेको छैन । पार्टीले के दिन्छ भन्ने कुरा हो’, उहाँले भन्नुभयो ।

आफूलाई आफ्नै भान्जीले मिर्गाैला दान दिएकाे नेता खनालले बताउनुभयाे । 

नेता खनालले आफ्नाे उपचारमा सहयाेग गर्ने तत्कालीन प्रधानमन्त्री केपी ओली र अर्थ मन्त्रीका साथै शेरबहादुर देउवा नेतृत्वकाे गठबन्धनकाे सरकारलाई पनि धन्यवाद दिनुभयाे ।  

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया