काठमाण्डौको फोहोर सिसडोल पुर्‍याउन नागरिक अभियान सुरु

 भदौ १५, २०७८ मंगलबार १३:१९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नागरिक अभियन्ताहरु आफैँले काठमाण्डौको फोहोर सिसडोल डम्पिङ साइटसम्म पुर्याउने अभियान सुरु गरेका छन । 

२५ दिनयतादेखि काठमाण्डौ उपत्यकाको फोहोर उठ्न नसकेपछि सफाइ अभियानमा लागि परेका नागरिक अभियन्ताहरुले मङ्गलवारबाट काठमाण्डौको फोहोर उठाउएर सिसडोल डम्पिङ साइटसम्म पुर्याउने अभियान सुरु गरेका हुन ।

काठमाण्डाैको रत्नपार्कबाट सुरु गरिएको यस अभियानमा काठमाण्डाै उपत्यकाको विभिन्न ठाउँमा सफाइ अभियानमा जुट्दै आएका नागरिक समाजका अगुवाहरु रहेको विश्व सरसफाइ अभियन्ता राज मानवले जानकारी दिनु भयो ।

उहाँले वर्षात् याममा फोहोरको व्यवस्थापन गर्ने काममा सरकार जिम्मेवार नभएपछि जिम्मेवार नागरिकको नाताले आफूहरुले फोहोर सिसडोलसम्म पुर्याएर काठमाण्डाै महानगरपालिकालाई फोहोरमुक्त बनाउने अभियानलाई अगाडि बढाएको बताउनु भयाे । 

मानवले भन्नुभयो, ‘काठमाण्डाै महानगरको फोहोरलाई सडकमा राख्नु हुँदैन । कोभिडको महामारी भइरहेको यो अवस्थामा फोहोर सडकमा राख्ने कुरा आउँदैन। नागरिक आफैँ सजग होऔं भन्ने अभियानमा साथ फोहोर उठाउने काम सुरु गरिएको हो ।'

काठमाण्डाैको फोहोरलाई जिम्मेवार नागरिकको हैसियतले आफैँले व्यवस्थापन गर्नुपर्छ भनेर सफाइ अभियान सुरु गरिएको हो । सफाइ अभियानमा वाग्मती सफाइ अभियान, रुद्रमती सफाइ अभियान, महाराजगञ्ज सफाइ अभियानलगायतका संस्थाहरु सहभागी भएका छन । अभियानमा सहभागी भएका अभियन्ताहरुले ‘म मेरो देश फोहोर गर्दिन’ लेखिएका प्लेकार्डहरु समेत प्रदर्शन गरेका थिए ।

काठमाण्डाैमा विगत २५ दिनयता फोहोर उठ्न नसकेपछि बिग्रिएको सडक तत्काल निर्माण गरी सिसडोलमा त्यसको उचित व्यवस्था गर्ने प्रबन्ध गर्न काठमाण्डाै महानगरपालिका र नेपाल सरकारमाथि चर्को दबाब परेको छ ।

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया