डाक्टरलाई कालाेमाेसाे दलेकाे आराेप लागेका परियारद्वारा प्रहरीमा आत्समर्पण

 भदौ १५, २०७८ मंगलबार १५:३१:४४ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. विनोद सिंहलाई कालोमोसो दलेको आरोप लागेका सर्जन परियारले प्रहरीमा आत्मसमर्पण गर्नुभएकाे छ ।  

कालोमोसो दलेर फरार रहेका परियारले आज मङ्गलवार आफैँ जिल्ला प्रहरी कार्यालय दाङमा पुगेर आत्मसमर्पण गर्नुभएकाे हाे ।

प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभन्दा पहिले परियारले फेसबुकमा आफूलाई प्रहरीले झुटो मुद्दा लगाएको भन्दै हिरासतभित्र भोक हड्ताल गर्ने बताउनुभएकाे थियाे ।

डाक्टरमाथि कालोमोसो दल्ने मुख्य आरोपी ६ जनामध्ये अहिलेसम्म परियारसहित तीन जना पक्राउ परेका छन् । फरार रहेका तीन जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताउनु भयो।

पक्राउ परेकाहरूलाई स्वास्थ्यकर्मीहरूको सुरक्षासम्बन्धी अध्यादेश २०७८ बमोजिम जिल्ला प्रहरी कार्यालय दाङमा मुद्दा दायर गरिएको छ । स्वास्थ्यकर्मीमाथि हातपात गरेमा पाँच वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया