पछिल्लाे २४ घण्टामा काेराेना सङ्क्रमण पुष्टि हुने भन्दा निकाे हुने धेरै

 भदौ १५, २०७८ मंगलबार १७:२३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा काेराेना सङ्क्रमण पुष्टि हुने भन्दा सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या बढी भएको छ । यसअघि गएकाे शुक्रवार, शनिवार र आइतवार पनि थपिने भन्दा सङ्क्रमण निको हुनेको सङ्ख्या धेरै थियो ।

पछिल्लो २४ घण्टामा एक हजार सात सय ८६ जना निको भएका छन् । अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख १६ हजार तीन सय ६ पुगेको छ ।

यस्तै थप एक हजार ६ सय ६४ जना नयाँ सङ्क्रमित थपिएका छन् । पीसीआर र एन्टिजेन गरी १२ हजार दुई सय २२ जनाको नमुना परीक्षण गर्दा १६ सय ६४ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

२४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये १३ दशमलव ६१ प्रतिशतमा सङ्क्रमण देखिएको छ । अहिलेसम्म नेपालमा आठ लाख ४६ हजार एक सय ५२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै यही अवधिमा थप २० जनाकाे काेराेना सङ्क्रमणका कारण ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार सात सय ५० पुगेको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया