वाईसीएल नेपालको २ सय ३१ सदस्यीय केन्द्रीय समिति चयन

 भदौ १५, २०७८ मंगलबार १७:५१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको युवा सङ्गठन वाईसीएल नेपालले दुई सय ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसीएल नेपालको आज मङ्गलवार सम्पन्न राष्ट्रिय भेलाले दुई सय ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो ।

भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रीय समितिलाई नै दिएको छ । त्यहीअनुसार केन्द्रीय समितिका सदस्यहरू चयन गरिएको वाईसीएलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशीखा’ ले जानकारी दिनुभयो । नयाँ केन्द्रीय समितिमा २३ जना भने पछि मनोनित हुनेछन् ।

इन्चार्ज दिपशीखाका अनुसार वाईसीएलकाे विधानमा १० प्रतिशत सदस्य पछि मनोनित गर्ने व्यवस्था गरिएकाले दुई सय ३१ मध्ये २३ जना पछि मनोनित हुनेछन् । 

गएकाे शनिवादेखि सुरु भएको वाईसीएलको राष्ट्रिय भेलामा अध्यक्ष पदका लागि सुबोध सेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानेले दाबी गर्नुभएको थियो । तर सहमति जुटाउन नसकेपछि केन्द्रीय समितिले नै पदाधिकारी चयन गर्ने गरी नयाँ केन्द्रीय कार्य समिति राष्ट्रिय भेलाले चयन गरेको हो ।

माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले काठमाण्डाैमा उद्घाटन गर्नुभएको भेलाले माओवादी केन्द्रलाई आउँदाे चुनावमा सबैभन्दा ठूलो राजनीतिक दल बनाउने गरी युवाहरूलाई परिचालन गर्ने निर्णय पनि गरेको वाईसीएल नेपालले जनाएको छ । 

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया