एक करोड ३३ लाख मात्रा खोप नेपाल आइपुग्यो, साढे ४४ लाखभन्दा धेरैले लगाए पूर्ण खाेप

 भदौ १५, २०७८ मंगलबार १८:३२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपालमा पछिल्लो २४ घण्टामा ८५ हजार एक सय २८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिले प्रदेश १ र २ मा कोभिशिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दोस्रो मात्राका रूपमा एस्ट्राजेनेका खोप दिइरहेकाे र सुदूरपश्चिम प्रदेशमा भेरोसेल खोप लगाइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म ४४ लाख ५९ हजार सात सय ६१ जनाले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । यस्तै ५३ लाख ३९ हजार दुई सय ५२ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । नेपालमा गएको माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको हो ।

नेपालमा अहिलेसम्म एक करोड ३३ लाख मात्रा खोप प्राप्त भएको स्वास्थ्य मन्त्रालयको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिनुभयो । पछिल्लो पटक गएको शुक्रवार बेलायतबाट एक लाख ३० हजार मात्रा एस्ट्राजेनेका खोप प्राप्त भएको उहाँले बताउनुभयो ।

अहिले मौज्दात रहेको झन्डै ३३ लाख मात्रा खोप लगाउने अभियान पनि चलिरहेको शर्माले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया