नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
मकवानपुर – माधव नेपाल नेतृत्वको नवगठित नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले वाग्मती प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्नुभएको छ ।
आज मङ्गलवार नेकपा एमालेका १२ प्रदेश सभा सांसदले प्रदेश निर्वाचन कार्यालयमा पुगेर आफूहरू एकीकृत समाजवादी पार्टीमा आबद्ध भएको सनाखत गरेसँगै नेता पाण्डेले प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको प्रतिक्रिया दिनुभएको हो ।
हेटौँडामा रहेकाे प्रदेश निर्वाचन कार्यालयमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले १२ जना सांसदले एमाले छाडेर आफ्नो पार्टीमा आएको जानकारी निर्वाचन कार्यालयले गराउनासाथ प्रदेश सरकार अल्पमतमा पर्ने र त्यसपछि आफूले मुख्यमन्त्रीमा दाबी गर्ने स्पष्ट पार्नुभयो ।
आउँदाे भदौ २३ गते त्यहाँको प्रदेश निर्वाचन कार्यालयले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने सांसदहरूको सङ्ख्या सार्वजनिक गर्नेछ । निर्वाचन आयोगले सांसद सङ्ख्या सार्वजनिक गर्नेबित्तिकै अष्टलक्ष्मी शाक्य नेतृत्वको वर्तमान प्रदेश सरकार अल्पमतमा पर्ने र त्यसै दिनदेखि नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्ने नेता पाण्डेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘यो सनाखत भएको छ, अरू साथी पनि थप हुन्छन् । २३ गते हाम्रो प्रदेशमा कति जना यो दलमा भयो भनेर नाम दिइन्छ । त्यो नाम दिइएपछि हाम्रो सांसदकाे सङ्ख्या यति छ भनेर संसद् सचिवालयमा पेस गर्छाैँ । त्यो पेस गरेको दिनदेखि नै अहिलेको सरकार अल्पमतमा पर्याे । यो सरकारको अर्को ठाउँ छैन । अरू सांसद थपेर सरकार अड्याउने कुनै ठाउँ हुँदैन । अबको सरकार मेरै नेतृत्वमा बन्छ । पार्टीको तर्फबाट त मलाई नै अघि सारिएको छ । सबै दलको सहमतिको क्यान्डिडेट हो म ।’
नेता पाण्डेले सत्तारुढ दलहरू सबैले मुख्यमन्त्रीमा आफूलाई सहमति दिएको पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।