खोलाले बगाएर ल्याएकाे महिलाकाे शव फेला

 भदौ १६, २०७८ बुधबार १०:१९:६ | अमर सुनार
unn.prixa.net

दैलेख – गुराँस गाउँपालिका-५ गोगनपानीमा भैरी खोलाले बगाएर ल्याएकाे अन्दाजी २० वर्षकी अपरिचित महिलाको शव फेला गरेको प्रहरीले जनाएको छ ।​

भैरी खोलाले बगाएर ल्याएको ती महिलाको शव पराजुली खोलामा नपुग्दै बिउराखेत नजिक खोलाको किनारामा फेला परेको दैलेखका प्रहरी इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले जानकारी दिनुभयो । गोगनपानी, पिलाडी, लालीकाँडा र अवलपराजुलबाट हराएका कोही छन् कि भनेर खोजबिन गर्दा समेत पत्ता नलागेकोले बाहिर कतैबाट आएकी हुनसक्ने डीएसपी श्रेष्ठले बताउनुभयो ।​

ती महिलाले गौतमबुद्धको चित्र अंकित खैरो टीसर्ट र सुरुवाल लगाएको अवस्थामा फेला परेको  महिलाको शव पोष्टमार्टमका लागि दैलेख अस्पतालमा राखिएको प्रहरीले जनाएकाे छ ।

अन्तिम अपडेट: चैत २३, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया