सिस्ने खोलाकाे पुल निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई पक्राउ गर्न निर्देशन

 भदौ १७, २०७८ बिहिबार १०:२७:३१ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको सिस्ने खोलामा पुल निर्माण गर्ने ठेकेदारलाई तत्काल पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय दाङले प्रहरीलाई निर्देशन दिएको छ ।

पुल निर्माणमा ढिलासुस्ती गरेको भन्दै प्रशासनले श्री एडभेन्चर जेबी जेभीका प्रतिनिधि यज्ञ केसीलाई पक्राउ गर्न निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले निर्माण व्यवसायी केसीलाई तत्काल पक्राउ गरी कार्यालयमा उपस्थित गराउन निर्देशन दिएको जानकारी  दिनुभयो ।

गएको साउन २५  गते नै पुल सञ्चालनमा ल्याउने गरी काम गर्न निर्देशन दिए पनि अटेर गरेपछि ठेकेदार केसीलाई पक्राउ गर्न भनिएको हो । यसअघि पनि प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले ठेकेदार केसीलाई पक्राउ गर्न निर्देशन दिए पनि प्रहरीले पक्राउ गर्न सकेको थिएन ।

गएराति सिस्ने खोलाले कार बगाउँदा चार जनाको ज्यान गए पछि ठेकेदारमाथि कारबाही गर्न दबाब परेको हो । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

1 Comments

  • Basuki Yadav

    Sept. 2, 2021, 12:02 p.m.

    राम्रो

  •  0 Reply

तपाईको प्रतिक्रिया