रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाण्डाै - आज चार प्रदेशका एक/दुई ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन्।
आज दिउँसाे वाग्मती, गण्डकी, प्रदेश नं १ र प्रदेश २ का एक/दुई ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार राति पनि वाग्मती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । देशका अन्य ठाउँमा भने हल्कादेखि मध्यम खालको वर्षा हुनेछ ।
अहिले लुम्बिनी प्रदेश सुदूरपश्चिमका केही पहाडी क्षेत्रमा पानी परिरहेको मौसमविद् पौडेलले बताउनुभयो । काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा आज मौसम धुम्म रहनेछ । बेलुका पछि भने काठमाण्डौ उपत्यकामा हल्का पानी पर्न सक्ने अनुमान गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।