काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
मलेसियामा जारी एसिया कप छनाेटकाे अाज भइरहेकाे खेलमा मलेसियाकाे पहिलाे विकेट पतन भएकाे छ ।
वर्षाका कारण ३० अाेभरमा छाेट्याइएकाे खेलमा नेपालले १८८ रन बनाएकाे थियाे । ६ भन्दा माथिकाे रन रेट अावश्यक भएकाेले सुरुवातमै अाक्रामक खेल खेलेका मलेसियाका शफिक शरिफलार्इ साेमपाल कामीले तेस्राे अाेभरकाे अन्तिम बलमा सुवास खकुरेलबाट क्याच अाउट गराएका हुन् ।
यसअघि १८८ रन बनाउने क्रममा नेपालका लागि दीपेन्द्र सिंह ऐरीले अर्धसतक बनाएका थिए ।
नेपालको पारी धरासायी भएको अवस्थामा क्रिजमा आएका ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई सम्हाले । कप्तान पारस खड्का आउट भएपछि ५६ रनमा तीन विकेट गुमाएको अवस्थामा क्रिजमा आएका दिपेन्द्रले ४८ बलमा अर्धशतक पूरा गरे ।
अहिले ६ अाेभरकाे समाप्तिमा मलेसिया एक विकेटकाे क्षतिमा ४७ रन बनाएर खेलिरहेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।