‘हामीलाई परमादेशबाट हटाइएकाे छ, जनादेशबाट फेरि सरकारमा फर्कने छाैँ’

 भदौ १८, २०७८ शुक्रबार १६:७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आउँदाे चुनावपछि आफ्नो पार्टी फेरि सरकारमा फर्कने दाबी गर्नुभएको छ । तत्कालका लागि परमादेशबाट आफूहरू सरकारबाट हट्नुपरेको बताउँदै प्रवक्ता ज्ञवालीले जनादेशको माध्यमबाट फेरि आफ्नो पार्टी सरकारमा फर्कने बताउनुभएको हो । 

नेकपा एमाले ललितपुर जिल्ला कमिटीले आज शुक्रवार लगनखेलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उहाँले पालिका, प्रदेश र सङ्घीय तहको चुनावकाे तयारीमा जुट्न पनि पार्टीको सिङ्गो पङ्क्तिलाई आह्वान गर्नुभयो । 

प्रवक्ता ज्ञवालीले भन्नुभयो, ‘हामीले पालिकाको चुनावकाे तयारी गर्नुछ । अबको १५/१६ महिनापछि हुने प्रदेश र सङ्घको चुनावका लागि तयारी गर्नुछ । ठिक छ, परमादेशबाट हामीलाई हटाइएको छ । जनादेशबाट फेरि फर्कने छौँ, हामी सरकारमा । परमादेशबाट हामीलाई प्रतिपक्ष बनाइएको छ । नागरिककाे मायाबाट हामी फेरि फर्कनेछौँ र फेरि देशलाई ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय अभियानका साथ अघि बढाउनेछौँ ।’ 

प्रवक्ता ज्ञवालीले भूमिसम्बन्धी आयोग विघटन गरेको, दल फुटाउनेजस्ता लोकतन्त्र विरोधी गतिविधि गरेको, मन्त्रिपरिषद्लाई अझै पूर्णता दिन नसकेको भन्दै सरकारको चर्को आलोचना गर्नुभयो ।

यस्तै उहाँले लिपुलेक नेपाली भूमिलाई समस्याका रूपमा चित्रण गरेर न्यूनतम साझा कार्यक्रम ल्याएको भन्दै सत्तारुढ दलहरूप्रति पनि आक्रोश व्यक्त गर्नुभयो ।   

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया