बाढी पहिराेका कारण जेठयता १ सय १६ जनाको ज्यान गयाे

 भदौ १९, २०७८ शनिबार ८:२९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशका विभिन्न ठाउँमा गएको बाढी, पहिरो र डुबानमा परि गएको जेठ ३० यता १ सय १६ जनाको ज्यान गएको छ ।

ज्यान जानेमा ५३ पुरुष, ३४ महिला, १३ बालक र १६ बालिका रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाढीपहिरोमा परि ४४ जना बेपत्ता भएका छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार बाढीपहिरोमा परेका एक हजार २ सय ८९ जनाको विभिन्न ठाउँबाट उद्धार गरेर सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।

बाढीको कारण तीन हजार १ सय ८२ घर डुबानमा परेका, ९ सय ७८ घर, १ सय ६४ गोठ, ६६ पुल, आठ विद्यालय र १५ सरकारी कार्यालयमा क्षति पुगेको छ । एक हजार ३ सय ३ वटा पशु मरेका छन् ।

यस अवधिमा भएका जम्मा एक हजार ३ सय ४५ विपद्का घटनाबाट एक हजार २६९ परिवारका छ हजार १ सय ११ मानिस विस्थापित भएका छन् ।

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया