चन्द्रागिरि केबलकार आजदेखि सञ्चालनमा आउने

 भदौ १९, २०७८ शनिबार ९:५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना महामारीका कारण बन्द रहेको चन्द्रागिरि केबलकार आजदेखि सञ्चालनमा आउने भएको छ ।

आजदेखि नियमित रुपमा केबलकार सञ्चालन गर्न लागिएको चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले जानकारी दिनुभयो । कोभिड–१९ को कारणले बन्द भएको केबलकार तथा रेष्टुरेन्ट लगायतका सेवा आजदेखि  स्वास्थ सुरक्षा मापदण्डका साथ पुनः सञ्चालन हुने उहाँले बताउनुभयो ।

पौराणिक महत्त्व बोकेको भालेश्वर मन्दिर दर्शन गर्न भारत लगायत अन्य देशबाट समेत पर्यटकहरु चन्द्रागिरि पुग्ने गरेका छन् । कम्पनीका महाप्रबन्धक शाहले चन्द्रागिरि हिल्समा आजदेखि नै जीपलाइन पनि सुरु  गर्न लागेको जानकारी दिनुभयो ।

पछिल्लो समय चन्द्रागिरि आन्तरिक तथा बाह्य पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्य स्थल बनिसकेको छ ।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया