यो सरकारले एमसीसी झुक्याएर पास गर्न खोजेको होला : ओली

 भदौ १९, २०७८ शनिबार १५:४६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग एमसीसी झुक्याएर पास गर्न खोजेको आरोप लगाउनुभएको छ । काठमाण्डौ महानगर स्तरीय कार्यकर्ता भेलामा अध्यक्ष अ‍ोलीले कांग्रेस र माओवादीकै सरकारकाे पालामा एमसीसी सम्झौतामा हस्ताक्षर गरेको तर उनीहरु नबोलेको भन्दै आपत्ति जनाउनुभयो । 

‘कांग्रेस र माओवादी हुँदा एमसीसी गरेका हुन्, अहिले यिनीहरु बोल्दैनन्, झुक्याएर पास गर्न खोजेका होलान्, एमसीसी के गर्ने भनेर शेरबहादुर देउवा जीले भन्नुपर्दैन ?, प्रचण्डले बोल्नुपर्दैन एमसीसी के गर्ने ?’ ओलीले प्रश्न सोध्नुभयो । 

बिहानसम्म अस्वस्थ रहनुभएका ओली स्वास्थ्यमा सुधार आएपछि कार्यक्रमलाई सम्बोधन गर्न सभा गृह जानुभएको थियो ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया