च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
दाङ – स्वचालित पेस्तोल, म्याग्जिन र गोलीसहित दाङको घोराहीबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको रुन्टिगढी गाउँपालिका–९ सखी स्थाई ठेगाना भई अहिले घोराही १३ बडहरा बस्ने २५ वर्षीय ईन्द्रकमल बुढामगर रहेकोे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घोराही १३ बडहरामा रहको बुढामगरको घरमा रहेको रा ५ प ८७६२ नंम्बरकोे स्कुटी मुनि रातो प्लाष्टिकभित्र लुकाइ राखेको अवस्थामा स्वचालित पेस्तोल १ थान, पेस्तोलमा प्रयोग हुने म्याग्जिन १ थान र १ राउनण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले आज घोराहीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
हातहतियार देखाइ सर्वसाधारणलाई त्रसित पार्दै आइरहेको र हतियार आफ्नै घरमा लुकाइ राखेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालको कमाण्डमा खटिएको टोलीले बुढामगरलाई पक्राउ गरेको हो ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।