थप १ हजार ८९ जनामा कोरोना पुष्टि,  १५ सय ३४ जना निको

 भदौ २०, २०७८ आइतबार १६:४१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेभन्दा निको हुनेको संख्या धेरै भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ८९ जनामा सङ्क्रमण पुष्टि हुँदा एक हजार पाँच सय ३४ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सात हजार नौ सय ७१ जनाको नमूना परीक्षण गर्दा एक हजार ८९ जनामा सङ्क्रमण पुष्टि भएको हाे । परीक्षण गरिएकामध्ये १३ दशमलव ६६ प्रतिशतमा संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा निको भएका सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या सात लाख २७ हजार एक सय ८५ जना पुगेको छ । यस्तै थपिएका सहित कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या आठ लाख ५४ हजार तीन सय २१ जना पुगेको छ ।

कोरोना भाइरसका कारण थप २० जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको संख्या १० हजार आठ सय ३८ जना पुगेको छ । अहिले नेपालमा ३१ हजार दुई सय ४८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमित मध्ये पाँच सय २३ जनाको आईसीयू र एक सय ६२ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।  
 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया