नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै — ललितपुरको नख्खु कारागारमा कैदीबन्दीहरुले नाराबाजी र प्रदर्शन गरेका छन् । उनीहरुले ८ जना चौकीदारलाई हटाउनुपर्ने माग गर्दै आज प्रदर्शन गरेका हुन् ।
रासनमा घोटाला गरेको, टेलिफोन सुविधा सहज नबनाएको, सरकारले दिने अन्य सुविधामा पनि आफ्नो मनोमानी गरेको भन्दै कैदीहरुले चौकीदारहरु विरुद्ध प्रदर्शन गरेको ललितपुर प्रहरीले जनाएकाे छ । कैदीहरुले चौकीदारलाई हटाउनु पर्ने माग राख्दै निवेदन समेत दिएका छन् ।
विशाल विष्ट मुख्य नाइके रहेको नख्खु कारागारमा कर्तव्य ज्यान, लागूऔषध, मानव तस्करी, हातहतियार–खरखजाना लगायतका कसुरमा कैद भुक्तान गरिरहेका कैदीबन्दीहरु छन् । यदि चौकीदारहरुले हिनामिना गरेको पुष्टि भए तत्काल कारबाही हुने कारागार प्रशासनले जनाएकाे छ ।
नख्खु कारागारमा एक हजार चार सय ८६ जना कैदीबन्दी रहेका छन् । प्रदर्शनलाई नियन्त्रण गर्न कारागारभित्र सुरक्षाकर्मीको संख्या बढाएपछि अहिले अवस्था सामान्य रहेको कारागारले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।