नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै - काठमाण्डौमा पछिल्लो ५ घण्टामा १ सय २१ दशमलव ५ मिलिमिटर वर्षा भएको छ ।
यो वर्ष मनसुनमा काठमाण्डौमा पहिलो पटक छोटो अवधिमा यति धेरै पानी परेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । एकै पटक परेको ठूलो वर्षाका कारण काठमाण्डौ उपत्यकाका धेरै ठाउँ जलमग्न भएका छन् ।
बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण स्थानीय वायु पनि सक्रिय हुँदा मेघगर्जनसहित पानी परेको मौसमविद्ले बताएका छन् । अहिले भने पानी पर्न रोकिएको छ ।
वाग्मती प्रदेशका एक/दुई ठाउँमा पानी परे पनि अन्त रोकिएको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।
अहिले पानी पर्न रोकिए पनि आज राति पनि ठूलो वर्षाको सम्भावना छ । राति वाग्मतीसहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा पानी पर्ने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।