काठमाण्डौ उपत्यका र आसपास आज राति पनि ठूलो पानी पर्ने सम्भावना

 भदौ २१, २०७८ सोमबार १६:४४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डौ उपत्यका र आसपास आज राति पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । 

आज साेमवार दिउँसो काठमाण्डौ उपत्यकाको तापक्रम २८ डिग्री सेल्सियससम्म पुगेर पानी पार्ने स्थानीय प्रणालीको विकास भइरहेकाले राति पनि वाग्मतीलगायत प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । 

हिजाे आइतवार राति पनि काठमाण्डौ उपत्यकामा ठूलो पानी परेको थियो । ठूलो पानी परेर डुबान हुँदा प्रभावित भएको जनजीवन सामान्य बन्दै गएको छ । आज बिहान थुप्रै सडकमा पानी जमेका कारण आवतजावतमा समस्या भएको थियो । अहिले सडकमा जम्मा भएको पानी बगेपछि आवतजावत सहज बनेको हो । 

यस्तै वाग्मतीलगायतका नदी करिडोरका बस्तीमा पानी पसेकोमा अहिले घटेको छ । हिजाे राति वागमती, विष्णुमति, धोबीखोला लगायतका नदीमा आएको बाढीले काठमाण्डौमा अहिलेसम्म चार सयभन्दा धेरै घर डुबानमा परेका थिए । 

रातिको समयमा चट्याङ पर्ने र एक्कासी एकै ठाउँमा ठूलो पानी पर्नु दुर्लभ घटना भएकाले यसबारे अध्ययनको खाँचो रहेको मौसमविद् अर्यालले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया