शरद् ऋतुमा आरोहण अनुमति लिनेको सङ्ख्या एक सय ६० पुग्याे

 भदौ २१, २०७८ सोमबार २०:२५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यस बर्षको शरद् ऋतुमा नेपालका हिमाल आरोहणका लागि अनुमति लिनेको सङ्ख्या एक सय ६० पुगेको छ । 

आज साेमवारसम्म १६ समूहका एक सय ६० जनाले हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । 

अनुमति लिनेमध्ये एक सय ५७ जनाले मनास्लु तथा बाँकी तीन जनाले कञ्चनजङ्गा हिमाल आरोहणको स्वीकृति पाएका छन् । 

कोरोना भाइरसको जोखिमकैबीच पनि गएको वसन्त ऋतुमा हिमाल आरोहण गर्नेको सङ्ख्या बढेको थियो भने अहिले शरद् ऋतुमा पनि आरोहण गर्न अनुमति लिनेको सङ्ख्या बढिरहेको व्यवसायीहरूले बताएका छन् ।  

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया