आज ६ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने

 भदौ २२, २०७८ मंगलबार ८:४७:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गएराति सिन्धुपाल्चोकको चौतारा, जिरी, नुवाकोट, जाजरकोट लगायत ठाउँमा ठूलो पानी परेको छ । अन्य क्षेत्रमा भने हल्कादेखि मध्य खालको वर्षा भएको मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज भने प्रदेश-२ बाहेकका ६ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । आज दिउँसाे वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र प्रदेश-१ का केही ठाउँमा पानी पर्ने मौसमविद् सापकोटाले बताउनुभयो । यस्तै, राति गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै ठाउँमा पानी पर्ने छ ।

अहिले देशका धेरै ठाउँको मौसम बद्ली भएको छ । उत्तरपश्चिमी बङ्गालको खाडीमा बनेको न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त वायु प्रवेश भएसँगै मनसुन थप सक्रिय भएको छ । आज पनि बाढी पहिरोको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

मौसमविद् निराजन सापकोटाले भोलि दिउँसोदेखि भने मौसममा केही सुधार आउने सम्भावना रहेको बताउनुभयो । 
 

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया