सगरमाथा आरोहणको ७० वर्ष : साढे ७ हजारभन्दा धेरै सर्वोच्च शिखरमा
जेठ १५, २०८० सोमबार
काठमाण्डाै - दार्चुलाको व्यास गाउँपालिका र दुहुँ गाउँपालिकामा खाद्यान्न ढुवानी सुरु भएको छ । बाढीपहिरो प्रभावित क्षेत्र दुहुँ र खाद्यान्न अभाव भएको व्यास गाउँपालिका–२ मालगाउँका लागि खाद्यान्न ढुवानी सुरु भएको हो ।
खाद्यान्नलगायत सामग्री ढुवानी गर्न हेलिकप्टर दार्चुला पुगेको र सदरमुकाम खलङ्गामा रहेको सेनाको ब्यारेकबाट दुहुँ र व्यासको मालका लागि खाद्यान्न ढुवानी भइरहेको गृह मन्त्रालयले जनाएको छ ।
हिजो मात्रै ४० क्विन्टल खाद्यान्न ढुवानी भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो । भारतीय एसएसबीले गएको साउन १५ गते महाकाली नदीमा रहेको तुइन काटेपछि विकल्प नहुँदा खाद्यान्न ढुवानी हुन सकेको थिएन ।
नेपाली सेनाको हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गरिएको हो । व्यासका लागि ६ सय क्विन्टल खाद्यान्न ढुवानी गर्न खाद्य संस्थानले पनि बोलपत्र आह्वान गरेको छ । यस्तै दुहुँ गाउँपालिकामा भदौ १३ गते आएको बाढीपहिरोपछि गाउँमा खाद्यान्न अभाव हुँदै आएको छ ।
व्यासका बासिन्दा विगतमा भारतीय बाटो हुँदै तुइनको माध्यमबाट आवतजावत गर्दै आएका थिए । तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका जयसिंह धामी अझै फेला परेका छैनन् ।