संसदमा थपिएका नयाँ दलका लागि पनि सिट व्यवस्थापन

 भदौ २३, २०७८ बुधबार ८:१४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – संघीय संसद्को दुवै सदनको अधिवेशनका लागि संसद् भवन नयाँ बानेश्वरमा सत्तापक्ष र प्रतिपक्ष बस्ने सिटको व्यवस्थापन मिलाइएको संघीय संसद् सचिवालयले जनाएको छ ।

संघीय संसद्को दुवै सदनको अधिवेशन आज दिउँसो ४ बजेका लागि आह्वान गरिएको छ । संघीय संसदमा एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी र जसपा विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी थपिएका छन् । संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले थपिएका नयाँ दलका लागि पनि सिट व्यवस्थापन गरिसकिएको जानकारी दिनुभयो ।

सबै दलका नेताहरू अगाडि रहने गरी र अन्य सदस्यहरू क्रमशः पछाडि रहने गरी दूरी कायम गरेर सिटको व्यवस्थापन मिलाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रतिनिधिसभामा सभामुखको दायाँतर्फ सत्तापक्ष र बायाँतर्फ प्रतिपक्ष रहने गरी व्यवस्था मिलाएको उहाँले बताउनुभयो । सत्तापक्षतर्फ बीचबाट ठूलो दल र क्रमशः सदस्य संख्याको आधारमा साना दल रहने छन् ।

सत्ता पक्षतर्फ दायाँतर्फबाट क्रमशः कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा रहनेछन् । प्रतिपक्षतर्फ क्रमशः एमाले र लोकतान्त्रिक समाजवादी पार्टी रहने गरी सिटको व्यवस्थापन मिलाइएको छ । स्वतन्त्र सांसदका लागि बीचमा सिटको व्यवस्थापन गरिएको छ । राष्ट्रिय सभातर्फ भने राष्ट्रिय सभा अध्यक्षको दायाँतर्फ सत्तापक्ष र बायाँतर्फ प्रतिपक्ष रहने गरी व्यवस्था मिलाइएको छ ।

सत्ता पक्षतर्फ कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा रहनेछन् भने प्रतिपक्षतर्फ एमाले र लोकतान्त्रिक समाजवादी पार्टी रहने गरी व्यवस्था मिलाइएको छ । संसद्को यस अधिवेशनमा संसदमा पेस भइसकेका १३ वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने तयारी रहेको संसद् सचिवालयले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया