दर खाँदा आफ्नो स्वास्थ्यको पनि ख्याल गर्न डाक्टरकाे सुझाव

 भदौ २३, २०७८ बुधबार ८:४१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर/रासस

काठमाण्डाै – तीजको अघिल्लो दिन आज दर खाइँदै छ । दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ ।

तीजको दिन निराहार ब्रत बस्ने परम्परा रहेकोले आज आडका लागि बेलुका  पछि पौष्टिक तत्व भएका खानेकुरा खाने चलन चलेको हो । दर खाँदा आफ्नो स्वास्थ्यको पनि ख्याल गर्न डाक्टरले सुझाव दिएका छन् । जनस्वास्थयविद् डाक्टर अरुणा उप्रेतीका अनुसार सकेसम्म धेरै चिल्लो र पिरो खानेकुरा खानु हुँदैन । खानाको सन्तुलन नमिल्दा शरीरको रक्तचाप तथा सुगरको मात्रा घट्न गइ बेहोश हुन सक्ने उहाँले बताउनुभयो ।

दरमा माछामासु र अन्य खानेकुरासँगै हरियो सागपात पनि खानु पर्ने उहाँको भनाइ छ । भोलिको तीजका लागि धेरैजसो चेलीहरु आजै माइत जान्छन् ।  भोलि नाचगानसहित तीज पर्व मनाइन्छ । आउँदो शनिबार ऋषिपञ्चमी मनाए पछि यसपालिको तीज सकिन्छ ।

तीजमा पशुपतिनाथलगायत देशभरका शिवालयमा महिलाको भीड लाग्ने गरेको छ । तर पोहोर जस्तै यसपालि पनि कोरोनाको जोखिम कायमै रहेकाले भीडभाड नगर्न र आफ्नो परिवारमा मात्रै पर्वलाई सिमित राख्न डाक्टरले सुझाव दिएका छन् । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया