नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
भक्तपुर – भक्तपुर नगरपालिकाले दर्ता नगरी सञ्चालित हार्डवेयर पसलहरूलाई कारबाही गर्न थालेको छ । नगरपालिकाले पसल दर्ता नभए ५० हजार रुपैयाँदेखि एक लाखरुपैयाँसम्म, बिलविना सामान बिक्री गरे तीन लाख रुपैयाँसम्म र इष्टिमेट बिलमा बिक्री गरे २० हजार रुपैयाँ जरिवाना गरिने जनाएकाे छ ।
हिजो अनुगमनका क्रममा धेरै हार्डवेयर पसलले दर्ता नवीकरण नगरेको, नापतौल विभागमा तराजु नवीकरण नगरेको, सामान भ्याट बिलविना बिक्री गरेको, मूल्यसूची नराखेको, खरिद बिक्री बिल नराखेको, चिसो भुइँमा डल्ला पर्ने गरी सिमेन्ट र खिया लाग्ने ठाउँमा डण्डी राखेको पाइएको थियो । उनीहरुलाई कसुर अनुसारको कारबाही हुने नगरपालिकाको अनुगमन समितिका संयोजक राजकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।