एमालेले निष्कासन गरेका १४ सांसद उपस्थित भए संसद् चल्न दिइने छैन : अध्यक्ष ओली

 भदौ २३, २०७८ बुधबार १३:३७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निष्कासन गरेका १४ जना सांसद आजको संसद् बैठकमा उपस्थित भएमा सदन चल्न नदिने चेतावनी दिनुभएको छ । 

एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले आफूहरूले हटाइसकेका व्यक्ति सांसद पदमा नरहेको भन्दै गैरसांसदको उपस्थितिमा सदन चल्न नदिइने बताउनुभयो । एमालेले बर्खास्त गरेका सांसदलाई पदमुक्त नगरेको भन्दै सभामुखप्रति आक्रोशित भइरहने ओलीले आजको संसदीय दलको बैठकमा पनि सापकोटाको आलोचना गर्नुभएको थियो । 

माधव नेपालसहितका १४ जना सांसदलाई साउन २५ गते नै निष्कासन गरिएकाले आजको बैठकमा उनीहरू उपस्थित हुनै नमिल्ने ओलीको तर्क छ । 

यदि एमालेले कारबाही गरेका व्यक्ति सांसद पदमा रहिरहने हो भने माओवादीले कारबाही गरेका रामबहादुर थापा, टोपबहादुर रायमाझीलगायतका व्यक्तिलाई पनि हाजिर गराउनुपर्ने ओलीको जिकिर छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया