संसदमा बाँकी रहेका अध्यादेश पास गराउन पहल गर्ने माओवादी केन्द्रकाे निर्णय

 भदौ २३, २०७८ बुधबार २०:३४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्ता साझेदार नेकपा माओवादी केन्द्रले बजेट लगायत संसदमा बाँकी रहेका अध्यादेश पारित गर्नुपर्नेमा जोड दिएको छ । 

नेकपा माओवादी केन्द्रको सिंहदरबारमा रहेकाे संसदीय दलको कार्यालयमा आज बुधवार बसेको संसदीय दलको बैठकले सत्तापक्ष र प्रतिपक्षको सहमतिमा संसद्लाई निर्वाध रूपमा चल्न दिँदै बजेटलगायत संसदमा पारित गर्नुपर्ने अध्यादेशहरू पास गराउन पहल गर्ने निर्णय गरेको हो । तोकिएको समयभित्र अध्यादेशहरू पारित गर्नुपर्नेमा माओवादीको जोड रहेको प्रमुख सचेतक देव गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अध्यादेशहरूलाई अगाडि बढाउनुपर्छ । र त्यसलाई तोकिएकै समयमा, ३० गते त्यसको समय सकिन्छ । ३० गतेकै समय अवधिभरमा त्यसलाई पारित गराउन पहल गर्नुपर्छ । यद्यपि नियमावलीको समय फ्रेमको हिसाबले हामीलाई समयको समस्या त छ तर पनि सबैको बीचमा सहमति बनाएर फास्ट ट्र्याकबाट भए पनि यसलाई अगाडि बढाउन पहल गर्नुपर्छ भन्ने कुरा भएको छ ।’

यस अधिवेशनमा अधिकतम रूपमा विधेयकहरू पास गर्न पहल गर्ने निर्णय माओवादी केन्द्रको छ । गठबन्धनभित्रै सहमति नजुटेको भन्दै प्रमुख सचेतक गुरुङले यथास्थितिमा एमसीसी पारित हुन नसक्ने बताउनुभयो । एमसीसी राष्ट्रिय सहमति गर्नुपर्ने मुद्दा भएकाले त्यससम्बन्धी प्रस्ताव संसदमा अगाडि नबढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।  

अन्तिम अपडेट: पुस १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया