नेपालमा काेराेनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या ३० हजारभन्दा तल झर्‍याे

 भदौ २३, २०७८ बुधबार १६:४९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजारभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा दुई हजार एक सय ६१ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २९ हजार चार सय ७९ जनामा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

अहिलेसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ३३ हजार एक सय ६१ पुगेको छ । यस्तै गम्भीर बिरामीको सङ्ख्यामा पनि कमी आएको छ । अहिले चार सय ८८ जनाको आईसीयू र एक सय ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 

यस्तै २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १३ हजार चार सय ५५ जनाको नमुना परीक्षण गर्दा एक हजार ६ सय ४० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये १२ दशमलव १८ प्रतिशतमा सङ्क्रमण देखिएको छ । आज थपिएकासँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ५९ हजार पाँच सय ३५ पुगेको छ । 

यही अवधिमा थप १० जनाले ज्यान गुमाएसँगै सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार आठ सय ८९ पुगेको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया