अफगानिस्तानमा तालिबान सरकार बनेपछि पाँच पत्रकार पक्राउ

 भदौ २३, २०७८ बुधबार १९:७:२ | एजेन्सी
unn.prixa.net

तालिबानका प्रवक्ता

काठमाण्डाै – अफगानिस्तानमा तालिबान सरकार बनेपछि पाँच पत्रकार पक्राउ परेका छन् । कामचलाउ नयाँ सरकार बनेको भोलिपल्ट नै बुधवार काबुलमा रहेकाे एक पत्रिकाका पाँच पत्रकार पक्राउ परेकाे जनाइएको छ ।   

इटिलाट्रोज नामक पत्रिकाका प्रधान सम्पादक जाकी डार्याबीले आफ्ना पाँच सहकर्मी पत्रकार पक्राउ परेकाे पुष्टि गर्नुभएको छ । 

उहाँले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ, ‘इटिलाट्रोज दैनिक पत्रिकामा कार्यरत मेरा पाँच सहकर्मी पत्रकारलाई तालिबान समूहका व्यक्तिहरूले काबुलबाटै पक्राउ गरेर लगेका छन् ।’    

तालिबान समूहले सत्ता नियन्त्रणमा लिएपछि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारका अधिकारको पूर्ण सम्मान गर्दै त्यसमा कुनै अवरोध नगर्ने प्रतिबद्धता अन्तर्राष्ट्रिय समुदाय सामु गरेका थिए । तर उनीहरूले कामचलाउ सरकार बनाएको भोलिपल्ट नै ताजा प्रतिबद्धताको उलङ्घन गरेको भन्दै सर्वत्र आलोचना सुरु भएको छ । 

अन्तर्राष्ट्रिय विभिन्न निकायले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सम्मान गर्न र मानव अधिकार उल्लङ्घन नगर्न तालिबान समूहलाई अनुरोध गरेका छन् । 

केन्द्रीय राजधानी नियन्त्रणमा लिएपछि सत्ता हातमा पारेको तालिबान समूहले आफ्नो जित भएको तीन हप्तापछि मात्रै प्रारम्भिक सरकार गठन गरेको हो ।  

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया