राहुल गान्धीकाे चार्टर्ड विमान २० सेकेण्डले गर्दा दुर्घटनाबाट बच्याे

 भदौ १६, २०७५ शनिबार २०:५२:३२ | एजेन्सी
unn.prixa.net

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी चढेको विमान २० सेकेण्डले दुर्घटना हुनबाट बचेको तथ्य खुलासा भएको छ ।

यसलाइ भारतको नागरिक उड्डयन महानिर्देशकले हालै जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको हो ।

गएको २६ अप्रिलका दिन गान्धी चुनावी प्रचार प्रसारका लागि कर्णाटक तिर जाने क्रममा चढेको विमान आपतकालीन अवतरण गराइएको थियो । 

यो घटना नयाँ दिल्लीबाट उत्तरी कर्णाटकको हुब्बाली विमानस्थलमा अवतरणका क्रममा भएको थियो । विमान अवतरणपछि कांग्रेस अध्यक्ष गान्धीले आफू षड्यन्त्रको शिकार भएको अभिव्यक्ति दिएका थिए ।

विमानमा अवर्णनीय खराबी हुनु षड्यन्त्रपूर्ण रहेको भन्दै कांग्रेसले कर्णाटक प्रहरीमा उजुरी पनि गरेको थियो ।

विमान ८ हजार मिटरबाट तल झर्दै गर्दा गान्धीले अरु केही नसम्झी मानसराेवर मात्र सम्झेकाे बताएका थिए । साथै उनले अाफू सम्भावित दुर्घटनाबाट बचेपछि भगवान शिवप्रति अास्था बढेकाे र कु्नै दिन मानसराेवर जाने भाकल गरेकाे पनि उल्लेख गरेका थिए ।

त्यसै भाकल अनुसार गान्धी अहिले नेपाल हुँदै मानसराेवरकाे यात्रामा छन् ।

नागरिक उड्डयन महानिर्देशकका अनुसार घटनाका बेला गान्धीबाहेका विमानमा २ जना चालक, १ जना क्याबिन कर्मचारी र १ जना इञ्जिनियर गरी अन्य ४ जना यात्रु थिए ।

नागरिक उड्डयन महानिर्देशकका अनुसार त्यस दिन केही सेकेण्डअघि विमानको समस्या पत्ता लागेको भए राहुल चढेको विमान आकाशमै दुर्घटना हुन्थ्यो । 

३० पाना लामो प्रतिवेदनमा जहाज उड्नुअघि कुनै समस्या नभएको पनि जनाइएको छ ।  

 

 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया