नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुको नामावली दिन सत्ता साझेदार दलका नेताहरुसँग आग्रह गर्नुभएको छ ।
आज बिहान बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा उहाँले मन्त्रीहरुको नाम दिन आग्रह गर्नुभएको हो । मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाई भएको भन्दै देउवाले अब ढिलो गर्न नहुने बताउनुभएको छ ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलको उपस्थिति थियो ।
गठबन्धन दलहरुभित्र मन्त्री बन्न खोज्नेहरुको संख्या धेरै भएकाले नाम टुंगो लगाउन शीर्ष नेताहरुलाई समस्या छ । प्रधानमन्त्रीमा नियुक्त भएको दुई महिना हुन लाग्दासम्म देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको भन्दै सरकारको आलोचना भैरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।