नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बीच राष्ट्रिय सभाको बैठकमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश–२०७८ पेस गरिएको छ ।
आज शुक्रवार बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले उठेर अवराेध जनाएका थिए । तर एमाले सांसदहरूको अवरोधकाबीच गृह मन्त्री बालकृष्ण खाणले त्याे अध्यादेश पेस गर्नुभएको हो ।
त्यसै गरी बैठकले संविधान सभा सदस्य जुठबहादुर खड्गी जेबी टुहुरे र अर्का संविधान सभाका सदस्य महेन्द्र शेरचनको निधनप्रति शोक प्रस्ताव समेत पारित गरेको छ । जनवादी गायक टुहुरे नेकपा माओवादी केन्द्रबाट संविधान सभा सदस्य हुनुहुन्थ्यो भने सञ्चार उद्यमी शेरचन एमालेबाट संविधान सभा सदस्य सदस्य हुनुभएको थियो ।
याे प्रस्ताव पारित गर्नुअघि एमालेका सांसद देवेन्द्र दाहालले प्रतिनिधि सभामा सभामुख अग्निप्रसाद सापकोटा, सरकार र निर्वाचन आयोगले आफ्नो पार्टीले निष्कासन गरेका माधव नेपालसहितका १४ जना सांसदलाई संरक्षण गरेर पार्टी फुटाउने काम गरेको भन्दै बैठक चल्न नदिने जानकारी गराउनुभएको थियो ।
एमालेले गएकाे २३ गते बुधवारदेखि सुरु भएको सङ्घीय संसद्को दुवै सदनमा अवराेध गर्दै आएको छ ।
राष्ट्रिय सभाको अर्को बैठक आउँदाे भदौ २८ गते सोमवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।