विष भनी थाहा पाइकन खाए के हुन्छ ? एमसीसी त्यही हो : सांसद प्रेम सुवाल

 भदौ २५, २०७८ शुक्रबार १४:५३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी सम्झौता पारित गर्नु नेपाली नागरिकका लागि ‘विष सरह’ हुने टिप्पणी गर्नुभएको छ ।

नेकपा एमालेका सांसदहरूको चर्को नाराबाजीबीच शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले विश्वलाई नै दुःख दिने नियतका साथ आएको याे सम्झौताबारे द्विविधामा नपर्न प्रतिनिधि सभाका सांसदहरूलाई समेत आग्रह गर्नुभयो । 

नेपाल भ्रमणमा आउनुभएकी एमसीसी उपाध्यक्ष फातिमा सुमारप्रति सङ्केत गर्दै उहाँले अमेरिकी अधिकारीले याे सम्झौताको सम्बन्धमा सय थरी कुरा गरिरहेको उल्लेख गर्दै त्यस्ता कुरामा फस्न नहुने पनि बताउनुभयो ।

सांसद सुवालले भन्नुभयो, ‘अमेरिकी साम्राज्यवादले संसारलाई दुःख दिने कुरा संसारका सबै नागरिकलाई थाहा भएकै कुरा हो । यो यथार्थता नेपाली नागरिकले पनि बुझिसकेका छन । यो सङ्घीय संसद्का सबै माननीयहरू द्विविधामा पर्नु आवश्यक छैन । बूढो बाघले शिकार गर्न नसकेपछि चुरा देखाउने र झम्टने कथा हामी सबैलाई थाहा छ । विष भनी थाहा पाइकन खाए के हुन्छ ? एमसीसी त्यही हो । अमेरिकी अधिकारीहरूले सय थरी कुरा गर्दैछन् । हामी उनीहरूका सय थरी कुरामा फस्नु हुन्न ।’

सांसद सुवालले राष्ट्रघाती एमसीसी सम्झौताको विरोधमा प्रदर्शन गर्दा आफ्ना पार्टीका कार्यकर्तामाथि प्रहरीले दमन गरेको भन्दै सरकारको चर्को आलोचना पनि गर्नुभयो ।   

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया