तिला नदीले बगाउँदा एक बालिका बेपत्ता

 भदौ २५, २०७८ शुक्रबार १७:३२:२४ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लाको तिला नदीमा खसेर एक बालिका बेपत्ता भएकी छन् ।

तीन दिनअघि गुठीचौर गाउँपालिका २ को चुच्चेबगर भन्ने ठाउँमा काठको सानो काठको पुल तर्दै गर्दा नदीमा खसेर गुठीचौर ३ का मानबहादुर बुढाकी छोरी नाै वर्षीया सुस्मिता बेपत्ता हुनुभएकाे प्रहरीले जानकारी दिएको छ । जङ्गलमा काठे ओखर टिप्न भनेर चार जना गएकामध्ये एक बालिका नदीमा पुल तर्ने क्रममा खसेर बेपत्ता भएकी हुन् । 

गुठीचौर झारज्वाला प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमल श्रेष्ठका अनुसार गज्याङकोट, मणिसागु प्रहरी चौकी, अस्थायी प्रहरी पोस्ट गुठीचौर र स्थानीयवासीले बेपत्ता बालिकाको खोजी गरिरहेका छन् ।  

अन्तिम अपडेट: चैत १५, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया