समाचार सम्प्रेषण गरेकाे भन्दै पत्रकारलाई ज्यान मार्ने धम्की

 भदौ २५, २०७८ शुक्रबार १७:५०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्ट कुन्दकुमार मिश्रा र पत्रकार नागेन्द्र साह

महोत्तरी – महाेत्तरीमा समाचार सम्प्रेषण गरेको भन्दै एक जना दलालले रेडियोकर्मीलाई ज्यान मार्ने धम्की दिएका छन् ।

विदेश पठाइदिन्छु भन्दै महोत्तरीका ११ जनासँग एक लाख तीस हजार रुपैयाँका दरले रकम उठाएर फरार भएका कुन्दकुमार मिश्राले स्थानीय रेडियोका पत्रकार नागेन्द्र साहलाई फोनमार्फत ज्यान मार्ने धम्की दिएका हुन् ।

११ जना युवा दलालबाट ठगिएको समाचार रेडियोमा प्रसारण गरेको भन्दै धम्की आएको पत्रकार साहले बताउनुभयो । दलाल मिश्राले केही समयअघि टिपर दुर्घटनामा ज्यान गुमाएका महोत्तरीका एक रेडियोकर्मीलाई आफूले हत्या गरेको भन्दै त्यस्तै हालत बनाइदिने धम्की दिएका पत्रकार साहले बताउनुभयो ।

सर्लाही धनकौल ४ सरस्वती टोलका कुन्दन कुमार मिश्रा (राजन) ले दुबई उडाइदिने भन्दै ११ जनासँग रकम लिइ फरार भएका थिए । 

मिश्राले गौशाला नगरपालिकाका छठु राय यादव, सोलीन्दर सहनी, सिकिन्द्र सहनी, सुरेन्द्र महरा, अनिल महतो, सुनिल महतो, रामकिशोर मुखियासँग पैसा लिएका थिए । त्यसै गरी औरही नगरपालिकाका सिरिया महतो, शिवशंकर महतो, बद्रि मुखिया र कारी मुखियासँग पनि पैसा लिएका थिए । अहिले उनीहरू अलपत्र अवस्थामा रहेका छन् ।  

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया