नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डौ – परराष्ट्रविद्हरूले नेपालको परराष्ट्र सम्बन्धलाई बलियो बनाउने गरी साझा धारणा तय गर्न सरकार र राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।
परराष्ट्रविद् ज्ञानचन्द्र आचार्य, डा. मृगेन्द्र कार्कीलगायतका विज्ञहरूले अफगानिस्तानमा तालिवानी विद्रोहीको कब्जाको घटनाबाट पाठ सिकेर परराष्ट्र सम्बन्धलाई बलियो बनाउने गरी साझा धारणा तत्काल बनाउन नेपाल सरकार र राजनीतिक दलहरूलाई आग्रह गरेका हुन् ।
पूर्व राजदूत समेत रहनुभएका आचार्यले अन्य देशको अस्वाभाविक प्रभाव र दबाबलाई थेगेर देशलाई अघि बढाउन राजनीतिक दलहरूले समान धारणासहितको परराष्ट्र नीति ल्याउन ढिलाइ गर्न नहुने स्पष्ट पार्नुभयो ।
त्रिभुवन विश्वविद्यालय नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) का कार्यकारी निर्देशक डा. मृगेन्द्र कार्कीले देशको राष्ट्रिय सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई बलियो बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।
उहाँले नेपालको राष्ट्रिय सुरक्षामा आँच आउने खालका गतिविधि यसअघि पनि हुने गरेको उल्लेख गर्दै त्यसो हुन नदिने गरी राष्ट्रिय सुरक्षा संयन्त्रलाई परिचालन गर्नुपर्ने पनि बताउनुभयो । कार्यकारी निर्देशक कार्कीले अफगानिस्तानको घटनाले नेपाललाई पनि आफ्नो राष्ट्रिय सुरक्षामा ध्यान दिन सचेत गराएको पनि स्पष्ट पार्नुभयो ।
कार्यकारी निर्देशक कार्कीले अमेरिकाले अफगानिस्तानमा लिएको रणनीति असफल भएको निष्कर्षसमेत निकाल्नुभएको थियो ।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले शुक्रबार काठमाण्डाैमा आयोजना गरेको कार्यक्रममा विज्ञहरूले भारतसँगको खुला सीमा पनि नेपालको राष्ट्रिय सुरक्षाका लागि चुनौतीको विषय रहेको औल्याएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।